काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

882
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताए ।

उनले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्ने बताए । स्थानीय तहको सवलीकरणले देशलाई कुनै हानि नगर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना होइन, विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । उनले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने बताए ।

जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने उल्लेख गर्दै महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न आग्रह गरे ।

भेलामा देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।