काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

567
shares

ai logo सारांश

  • आजको एकादशी मेलामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो ।
  • शिविरमा ५०० व्यक्तिले निस्शुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
सङ्खुवासभा । आजको एकादशी मेलामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो । शिविरमा ५०० व्यक्तिले निस्शुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
 शिविर नेपाली सेनाको इन्द्र दल गुल्मको आयोजना तथा नं २ बाहिनी अड्डाअन्तर्गतको नं २  फिल्ड एम्बुलेन्स हिलेको सहकार्यमा मङ्सिर ३ र ४ गते भएको हो ।
नेपाली सेना र नागरिकबीच पारस्परिक सम्बन्ध बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सेनानी सञ्जय सिलवालले जानकारी दिए । शिविरमा जनरल ओपिडी, स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि वितरण गरिएको थियो ।
शिविरलाई प्रभावकारी बनाउन खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी, नेपाल रेडक्रस सोसाइटी स्थानीय सरोकारवाला निकायसँग समन्वय सहकार्य गरेको थियो ।
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपालीसेनाले जनाएको छ । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन मेलालाग्ने गरेको छ ।
सेनाको स्वास्थ्योपचार सेवा पाएपछि स्थानीयले खुसीव्यक्त गरेका छन् । मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहज भएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए ।
हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेलाभर्न आउने गरेका छन् ।