काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रमको भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको विषय उठाउन विमलेन्द्रको सुझाव

861
shares

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको विषय उठाउन सुझाव दिएका छन् ।

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालन भए पर्यटन प्रवर्द्धन हुनुका साथै दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने बताए । उनले जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने पहललाई सकारात्मक कदम भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

नेता निधिले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै भ्रमण सफलताको शुभकामना व्यक्त गरे ।