काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन

1.03K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको सियुजी सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १ सय २२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फम लिङ्क पठाउनुका साथै एक जना प्रहरी कर्मचारीको टेलिफोन मार्फत गुनासो सुन्नु भई उक्त डेस्कको औपचारिक शुभारम्भ गरेका हुन् । साथै उनले उक्त डेस्कको निरीक्षण एवम् अवलोकन गर्नुका साथै उक्त डेस्कबाट प्रवाह हुने सेवा बारे जानकारी समेत लिइ ।

प्रहरी संगठनको जगको रूपमा रहेका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका कर्मचारीहरूको पेशागत जीवनलाई अझ सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउन तथा कार्यक्षेत्रमा भोग्नु परेका समस्या, कठिनाई, विभेद र गुनासाहरूलाई उचित सम्बोधन गर्ने उद्देश्यले उक्त डेस्कको स्थापना भएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासो, पीरमर्काहरू विभिन्न तहहरू पार गरेर नेतृत्व तहसम्म आइपुग्न कठिन भएको कुरालाई मनन गर्दै ती गुनासो तथा पीरमर्काहरू अझ द्रुत र छिटो गतिमा सम्बोधन गर्ने गरी यो डेस्क स्थापना गरिएको बताए ।

आधारभूत तह प्रहरी संगठनको आधारभूत स्तम्भ हुनुका साथै सडकदेखि सीमा सम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले देख्ने र महसुस गर्ने असली अनुहार भएको चर्चा गर्दै आधारभूत तह सन्तुष्ट नभए सम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिनाई हुने उनले बताए ।

प्रहरी महानिरीक्षक केसीले प्रहरी कर्मचारीहरूको गुनासोको प्रभावकारी सम्बोधन समग्र कार्यसम्पादनसँग जोडिएको हुनाले यो डेस्क केबल गुनासो दर्ता गर्ने ठाउँ मात्र नभई नेतृत्व तह र आधारभूत तह बीचको विश्वासको सेतु भएको उल्लेख गर्दै गुनासोकर्ताहरूको गोपनीयतालाई विशेष प्राथमिकतामा राखी हरेक गुनासोहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै डेस्कको प्रभावकारी संचालन गर्न डेस्कको जिम्मेवारीमा खटिएका प्रहरी कमर्चारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी शिक्षालय, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, प्रदेश प्रहरी तालिम केन्द्रहरू, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, नेपाल प्रहरी पहरा गण, काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण तथा प्रदेश प्रहरी गणहरू सम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी संगठनको ८२ % भन्दा बढी जनशक्तिहरू आधारभूत तहका कर्मचारीहरू रहेको कुरालाई मनन गर्दै प्रहरी नियमावली २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी यस डेस्कको स्थापना गरिएको हो । नेपाल प्रहरीका विशेष गरी प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका प्रहरी कर्मचारीहरूले जायज गुनासाहरू स्वस्फूर्त प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नु, प्रहरी कर्मचारीहरूका लागि सहज, पहुँच योग्य, गोप्य, निष्पक्ष र एकीकृत प्रणाली स्थापना गर्नु, प्राप्त गुनासाहरूको निष्पक्ष, प्रमाणमा आधारित र शीघ्र सम्बोधन गर्नु, गुनासो सम्बोधनका लागि जिम्मेवार संयन्त्रहरूको प्रभावकारिता अभिवृद्धि गर्नु, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीहरूमा जवाफदेहिता अभिवृद्धि गर्नु, संगठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरीहरूको पहिचान गरी नीतिगत, प्रशासनिक तथा कल्याणकारी सुधारका उपायहरू अवलम्बन गर्नु यस डेस्क स्थापनाको मुख्य उद्देश्य रहेको छ ।