सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने
वि.सं.२०८३ मंसिर ३ बिहीवार २०:३९
shares

सुर्खेत। कर्णालीलाई विकटता, गरिबी र अभावको परिचयबाट मुक्त गरी सम्भावनायुक्त प्रदेशका रूपमा बहविकास गर्नुपर्नेमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जोड दिएको छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज लेखकद्वय डा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमर्श कार्यक्रममा उहाँले जलस्रोत, खानी, कृषि, पर्यटन र जडीबुटीमा रहेको सम्भावनाको उपयोग गर्न सके कर्णालीबाटै समृद्धिको आधार तयार गर्न सकिने बताए ।
कर्णालीलाई अशिक्षा, अभाव र गरिबीको पर्यायका रूपमा चित्रित गर्ने दृष्टिकोण बदल्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशको विकासका लागि राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । विगतको तुलनामा कर्णाली धेरै अघि बढिसकेको उल्लेख गर्दै उनले प्रदेशलाई सधैँ विकटता र विपन्नताको दृष्टिले मात्र हेर्न नहुने धारणा राखे ।
मुख्यमन्त्री शाहीले आफूले सरकारको नेतृत्व सम्हालेपछि छोटो अवधिमै प्रदेशसभामा विभिन्न कानुन निर्माणका लागि विधेयक प्रस्तुत गरिएको र तथ्याङ्क सुधारका काम अघि बढाइएको जानकारी दिए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पुस्तकमा कर्णालीको इतिहास, भोगाइ, सङ्घर्ष र व्यवस्था परिवर्तनमा प्रदेशले गरेको योगदान समेटिएको बताए । कर्णालीको विकासको उपयुक्त मोडेलबारे पनि पुस्तकमा चर्चा भएको भए अझ उपयोगी हुने उनको भनाइ थियो ।
लेखक डा रोकायाले पुस्तकमा कर्णालीमाथिको उपेक्षा, विकासको खोजी, समृद्धिका सूचक, सङ्घीयताका उपलब्धि र समसामयिक बहसका विषय समेटिएको जानकारी दिए । उनले हुम्लाबाट एकै दिन सडकमार्ग हुँदै सुर्खेत र सङ्घीय राजधानी काठमाडौँ पुग्न सकिने सडक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिए । हिमाली क्षेत्रको पर्यापर्यटन प्रवर्द्धनका लागि सडक निर्माण आवश्यक रहेको उनले बताए ।
अर्का लेखक मानन्धरले कर्णालीको जलविद्युत् विकाससँग आफ्नो सम्बन्ध जोडिएको उल्लेख गर्दै तिला लगायतका आयोजनामा आफूले काम गरिरहेको जानकारी दिए । कर्णालीमा सम्भावनाका ढोका खुल्दै गएको भन्दै उनले तिनको उपयोगका लागि प्रदेश सरकारले अग्रसरता लिनुपर्ने बताए ।
पुस्तकमा विगतको कर्णालीको अवस्था र भविष्यको विकास मार्गबारे विश्लेषण गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री रनसिंह परियार, मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुदीप ठकुरी तथा नागरिक अगुवा पिताम्बर ढकाललगायतको सहभागिता थियो ।

























