काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पानको तेस्रो राष्ट्रिय शिखर सम्मेलन जनकपुरमा

357
shares

जनकपुर। प्रधानाध्यापक सङ्घ नेपाल(पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन भोलिदेखि जनकपुरधाममा सुरु हुने भएको छ ।

पानका मधेस प्रदेश अध्यक्ष सन्जय झाले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी सो सम्मेलनको तयारी पूरा भएको बताएको हुन् ।

उनले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राज्ञिक नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकार र सरोकारवालाहरूबीच नीतिगत सहकार्य निर्माण गर्ने उद्देश्यका साथ प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) को आयोजनमा सञ्चालन हुने बताए ।

अध्यक्ष झाले नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको वर्तमान परिप्रेक्ष्यमा विद्यालय नेतृत्व (प्रधानाध्यापक) र स्थानीय सरकारबीचको समन्वयले मात्र व्यावहारिक शैक्षिक रूपान्तरण सम्भव छ । साथै विद्यालय एक्लैले गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सक्दैनः यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र नीति–निर्माताहरूको साझा सहकार्य अपरिहार्य छ उनले बताए ।

यही यथार्थलाई आत्मसात् गर्दै देशभरका शैक्षिक अगुवाहरूलाई साझा मञ्च प्रदान गर्न यो शिखर सम्मेलन केन्द्रित रहनेछ उनले बताए ।

उनले सम्मेलनमा देशभरका सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, शिक्षा मन्त्रालयका नीतिनिर्माता र विकास साझेदारहरू प्रत्यक्ष सहभागी हुने जानकारी दिए।

यस सम्मेलनले नेपालको विद्यालय शिक्षा सुधारको दीर्घकालीन मार्गचित्र कोर्न दुई महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्नेछः जनकपुर घोषणापत्र सम्मेलनका सघन छलफल र निष्कर्षका आधारमा नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षक पेसागत मर्यादा र शैक्षिक अधिकार कार्यान्वयनका साझा प्रतिबद्धता समेटिएको ऐतिहासिक जनकपुर घोषणापत्र जारी गरिने उनले बताए।

उनले विद्यालय नेतृत्वको क्षमता विकास, नवप्रवर्तन, सूचना प्रविधिको प्रयोग, पेसागत दक्षता र आगामी कार्यदिशा स्पष्ट पार्ने पानको बहुवर्षीय रणनीतिक योजना सार्वजनिक गरिने बताए ।

राष्ट्रिय शिक्षा पुरस्कार तथा सम्मान, शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरी समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने विद्यालय, नेतृत्वकर्ता तथा स्थानीय तहहरूलाई भव्य समारोहका बीच सम्मान गरिने उनले जानकारी दिए ।

उनले सातै प्रदेशबाट आधारभूत तह (७), माध्यमिक तह (७), १४ प्रधानाध्यापक  सातै प्रदेशबाट आधारभूत तह (७०)र माध्यमिक तह (७)उत्कृष्ट स्थानीय तह सम्मानः उत्कृष्ट गाउँपालिका (७), उत्कृष्ट नगरपालिका (७) र उत्कृष्ट महानगर÷उपमहानगरपालिका (१) गरी विशेष सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

त्यस्तै, शिक्षा पत्रकारितामा क्रियाशील एक महिला र एक पुरुष सञ्चारकर्मीलाई तथा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

सम्मेलन तीन दिनसम्म सञ्चालन हुने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त शिक्षाविद्हरूबाट मूल कार्यपत्र प्रस्तुति, सङ्घीय र प्रादेशिक सांसदहरू तथा स्थानीय सरकार प्रमुखहरूसँग विद्यालय शिक्षा विधेयक र नीतिगत चुनौतीहरूमाथि खुला बहस, डिजिटल सिकाइ, विद्यालय प्रशासन, समावेशी शिक्षा, मानसिक स्वास्थ्य र नेतृत्व कलाबारे विषयगत सत्रहरू, नवीन शैक्षिक सामग्री, सूचना प्रविधि र शिक्षण विधिहरूको बृहत् शैक्षिक प्रदर्शनी, स्थानीय तहका प्रमुख र विद्यालय नेतृत्वबीच स्रोत व्यवस्थापन तथा शैक्षिक सहकार्यसम्बन्धी अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।