काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मलेसियाको मानव विकास सूचकाङ्कमा स्थिरता, शिक्षा सूचकाङ्कमा गिरावट

630
shares

मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०।८२४ कायम रहेको छ । आम्दानी र औसत आयुमा भएको सुधारले देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम राख्न सहयोग पुगेको मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) ले मंगलबार जनाएको छ ।
विभागका अनुसार सन् २०२५ मा कुल राष्ट्रिय आय (जीएनआई) सूचकाङ्क सबैभन्दा बढी ०।८९७ रहेको छ । यो सन् २०२४ को ०।८९१ को तुलनामा वृद्धि हो ।

त्यस्तै, औसत आयुसम्बन्धी सूचकाङ्क पनि अघिल्लो वर्षको ०।८३७ बाट बढेर ०।८४३ पुगेको छ । तर, शिक्षा सूचकाङ्क भने ०।७५१ बाट घटेर ०।७४० मा झरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विभागका अनुसार सन् २०२३ देखि २०२५ सम्मको अवधिमा सन् २०२० देखि २०२२ को तुलनामा मृत्यु हुनेको सङ्ख्या घटेकाले औसत आयु सूचकाङ्कमा सुधार आएको हो । सन् २०२०–२०२२ को अवधिमा कोभिड–१९ महामारीका कारण सामान्य अवस्थाभन्दा बढी मृत्यु भएका थिए ।
त्यसैगरी, जीएनआई सूचकाङ्कमा भएको वृद्धिलाई मलेसियाको सकारात्मक आर्थिक प्रदर्शनसँग जोडिएको छ । सन् २०२५ मा मलेसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५।२ प्रतिशतले वृद्धि भएको थियो ।
यद्यपि, शिक्षा सूचकाङ्कमा आएको गिरावट अपेक्षित विद्यालय शिक्षाको अवधि र जनसङ्ख्याको शैक्षिक उपलब्धिमा आएको परिवर्तनसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।