काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युरोपमा आर्थिक सुधारको अपेक्षा, खाद्यान्न र ऊर्जाको मूल्य बढ्ने जोखिम

609
shares

युरोपेली आयोगले मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा संकट बढे पनि युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको भन्दै सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान बढाएको छ ।

आयोगले यस वर्ष युरोजोनको कुल गार्हस्थ्य उत्पादन १।२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसअघि ०।९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी वर्ष पनि आर्थिक वृद्धि १।२ प्रतिशत रहने अनुमान छ ।

तर, महँगी भने अझै उच्च रहने आयोगले चेतावनी दिएको छ । सन् २०२६ मा मूल्यवृद्धि ३।२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअघि ३ प्रतिशत रहने आकलन थियो। त्यस्तै, सन् २०२७ मा मूल्यवृद्धि ३।१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्ध र त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगीमाथि गरेको कारबाहीका कारण विश्व बजारमा तेल तथा प्राकृतिक ग्यासको आपूर्ति प्रभावित भएको छ । यसले ऊर्जा मूल्य बढाएको छ ।

आयोगका अनुसार आगामी वर्ष ऊर्जाको मूल्यवृद्धि केही कम भए पनि खाद्यान्नको मूल्य भने बढ्न सक्नेछ । ऊर्जा तथा मलको महँगो लागत र प्रतिकूल मौसमले कृषि उत्पादनमा असर पार्ने अनुमान छ ।

युरोपका दुई ठूला अर्थतन्त्र जर्मनी र फ्रान्सको अवस्था भने फरक देखिएको छ। जर्मनीको आर्थिक वृद्धि यस वर्ष १।३ प्रतिशत हुने अनुमान छ भने फ्रान्सको वृद्धि ०।४ प्रतिशतमा सीमित रहनेछ ।

आगामी वर्ष जर्मनीको आर्थिक वृद्धि १ प्रतिशत र फ्रान्सको ०।६ प्रतिशत रहने आयोगको प्रक्षेपण छ । जारी द्वन्द्व, व्यापारिक तनाव र वित्तीय बजारको अस्थिरताले युरोपेली अर्थतन्त्रमा चुनौती थप्न सक्ने आयोगले जनाएको छ ।