काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रश्नको कठघरामा जनप्रतिनिधिस् निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

315
shares

मकवानपुर। सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौंदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए । छेउमा कर्मचारी । त्यसको बीचमा थियो–सार्वजनिक सुनुवाइको खुला मञ्च ।

हेटौँडा उपमहानगरपालिका–१३ का नागरिकले सोमबार यही मञ्चलाई आफ्ना समस्या सुनाउने अवसरका रूपमा प्रयोग गरृ । उनिहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्वदेखि निकुञ्ज र भूमिहीनको समस्यासम्मका सवाल उठाउनुभयो । त्यहाँ प्रश्न केबल गुनासो मात्रै थिएनन्, स्थानीय सरकारप्रतिको अपेक्षा र जवाफदेहिताको माग थियो ।

स्थानीय अगुवा बगानसिं थिङले सार्वजनिक सुनुवाइले नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने बाटो खोलिदिएको बताए । उनले स्थानीय सरकारलाई जवाफदेही बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा रो ।

“सार्वजनिक सुनुवाइबाट नागरिकले आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष राख्न पाएका छन् । यसले स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही बनाउन सहयोग गर्छ”, थिङले भने ।
उनले वडाबाट सिफारिस भएका योजनामा आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिकासँग आग्रह गरे । विनियोजन भएको बजेट समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

योजना कार्यान्वयनमा हुने ढिलाइबारे पनि उनले प्रश्न राखे । कर्मचारी अभावका कारण काम रोकिएको हो कि ढिलासुस्तीका कारण काम अघि नबढेको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनले बताए । कार्यालय समयमै कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन आग्रह गर्े ।

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न नागरिकलाई उत्साहित बनाउने भूमिका वडा कार्यालयले निर्वाह गर्नुपर्ने उनले बताए । यसमा उपमहानगरपालिका कार्यालय अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

वडामा सडक निर्माणको काम तीव्र हुनु सकारात्मक पक्ष भएको बताउँदै थिङले सडकको क्षेत्र र सीमाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा राखे । नागरिकलाई जानकारी दिएर विकास निर्माणका काम अघि बढाउनसके विवाद कम हुने उनले सुनाए ।

सार्वजनिक सुनुवाइको अर्को महत्वपूर्ण विषय शिक्षा बन्यो । तीनकुने टोल विकास संस्थाका सचिव जगनाथ पौडेलले विद्यार्थीलाई मात्र होइन, अभिभावक र समुदायलाई पनि शिक्षित बनाउनुपर्ने कुरा उठाए ।

उनले वडाका नागरिकलाई नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । “शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँगै अभिभावकको भूमिका बलियो बनाउनुपर्छ । त्यसका लागि वडाले नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम ल्याउन आवश्यक छ”, पौडेलले भने ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपानेले विद्यालयमा शौचालयजस्तो आधारभूत सुविधा अभाव हुन नहुने बताए । उनले शैक्षिक क्षेत्रको विकासमा जनप्रतिनिधिबाट आवश्यक सहयोग प्राप्त भइरहेको जानकारी गराए ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्ण्ॉ श्रेष्ठले नीति र व्यावहारबीचको अन्तरबारे प्रश्न उठाउनुभयो । आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई निस्शुल्क शिक्षा दिने व्यवस्था भए पनि विद्यालयसँग पर्याप्त स्रोत नहुँदा केही रकम शुल्कका रूपमा लिनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

“निस्शुल्क शिक्षाको नीति राम्रो छ । विद्यालय सञ्चालनका लागि आवश्यक स्रोत पर्याप्त छैन । त्यसैले व्यवहारमा केही शुल्क लिनुपर्ने अवस्था छ । नीति र व्यवहारबीचको यो अन्तर समाधान गर्न स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ”, श्रेष्ठले भने ।

सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर वाइबाले विकास योजनाको छनोटमा पहुँच र नाता सम्बन्धभन्दा आवश्यकता प्राथमिकतामा पर्नुपर्ने आवाज उठाए ।

“पार्टीका कार्यकर्ता वा नजिकका आफन्तलाई हेरेर योजना दिने प्रवृत्ति हुनुहुँदैन । आवश्यकताका आधारमा योजना छनोट भएमात्रै विकास समानुपातिक र प्रभावकारी हुन्छ”, वाइबाले भने ।

स्थानीय भीमबहादुर थिङले वडाका सडक पूर्वाधारलाई वडा र पालिका तहबाट उचित सम्बोधन गर्नुपर्ने बताए । सबैभन्दा गहिरो समस्या भने निकुञ्जसँग जोडिएको देखियो । आधामार टोल विकास संस्थाका अध्यक्ष उमेश लामाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरे ।

उहाँले निकुञ्जको सीमाङ्कन स्पष्ट गर्नुपर्ने बताउनुभयो । आफूहरुले सङ्घर्ष समिति बनाएर पहल गरिरहेको भए पनि समस्या झन् बल्झिने गरेको सुनाए ।

“वर्षौंदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान भएको छैन । निकुञ्जको स्पष्ट सीमाङ्कन गरी स्थानीयलाई उचित निकास दिनुपर्छ”, भने।

उहाँले स्थानीय सरकारले यस विषयमा सहजीकरण गर्नुपर्ने बताउ । पदमपोखरीमा स्थापना गरिएको अस्पताललाई कार्यालय समयभित्र सीमित नराखी २४सै घण्टा सेवा दिने व्यवस्था गर्न माग गरे ।

चन्द्रोदय आवि शिक्षक अभिभावक सङ्घका अध्यक्ष फुलमाया पाख्रीनले सिमपानी–टुटेपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने पालिका प्रतिनिधिको प्रतिबद्धता सम्झाए । स्थानीय रामलाल गोलेले कमेरोपानीमा एम्बुलेन्सको व्यवस्था गर्न माग गरे ।

स्थानीयका प्रश्न सुनेपछि जवाफ दिने पालो आयो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र वडाध्यक्ष पेम्बा लामाले सहभागीका जिज्ञासाको जवाफ दिए ।

उपप्रमुख बानियाँले निकुञ्जका कारण पदमपोखरीका नागरिकले भोग्नुपरेका समस्या स्थानीय सरकारको मात्र प्रयासबाट समाधान हुन नसक्ने बताए । समस्या कानुनी अड्चनसँग जोडिएको भन्दै सङ्घीय सरकारले आवश्यक निर्णय लिनुपर्ने स्पष्ट पारे।

“स्थानीय सरकारले सेवा दिने हो । निकुञ्जसँग जोडिएका कतिपय समस्या कानुनी र सङ्घीय तहसँग सम्बन्धित छन् । त्यसैले त्यसको समाधानका लागि सङ्घीय सरकारले आवश्यक निर्णय गर्नुपर्छ”, बानियाँले भने ।

नागरिकको घरदैलोमा सेवा पुर्‍याउनु जनप्रतिनिधिको धर्म भएको उहाँले बताउनुभयो । तर जनप्रतिनिधिलाई कर्मचारीजस्तो बुझ्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे ।

हेटौँडा उपमहानगरपालिकाभित्र विकासका लागि १३ नम्बर वडामा सबैभन्दा बढी बजेट परेको वडामध्ये एक रहेको बताए । बजेटको प्रभावकारिताका कारण वडामा विकासका काम प्रभावकारी भइरहेको आफूले पाएको उनले सुनाए ।

शिक्षा र स्वास्थ्यमा भवन बनाउनु मात्रै पर्याप्त नहुने उहाँले बताउनुभयो । सेवा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको जोड थियो । पदमपोखरी अस्पतालमा आवश्यक चिकित्सकसहित जनशक्ति व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत काम भइरहेको उनले जानकारी दिए ।

“जनप्रतिनिधिलाई खुसी बनाउन सधैँ राम्रो भनिरहनु पर्दैन । आवश्यक पर्दा खबरदारी गर्नुस्, प्रश्न गर्नुस्”, बानियाँले भने, “जनप्रतिनिधिले कानुनसम्मत रूपमा काम गर्नुपर्छ । नागरिकले पनि आफ्नो अधिकार र कर्तव्य बुझेर खबरदारी गर्नुपर्छ ।”

वडाध्यक्ष पेम्बा लामाले नागरिकका गुनासा सम्बोधन गर्न आफूहरूले व्यावहारिक रूपमा समाधान खोजिरहेको बताए । नागरिकको मागअनुसार योजना र बजेट राख्दा कतिपय अवस्थामा बजेट नै फ्रिज हुने अवस्था आउने गरेको सुनाए ।

“बाहिरबाट प्रश्न गर्न सजिलो हुन्छ । तर जिम्मेवारीमा बसेर काम गर्दा कानुनी, प्रशासनिक र बजेटका विभिन्न समस्या आउँछन्”, लामाले भने ।

भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा दिने विषयमा निकुञ्जकै कारण समस्या भएको उहाँले बताउनुभयो । यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाका प्रमुखसँग छलफल भइरहेको जानकारी दिए । समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको सहभागीलाई बताए ।

वडालाई थप व्यवस्थित गर्दै विद्युत्, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा विकास अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । यसका लागि स्थानीयसँग हातेमालो गर्ने उनको भनाइ थियो ।

सार्वजनिक सुनुवाइमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले वडा कार्यालय र हेटौँडा उपमहानगरपालिकाबाट नागरिकले पाउने सेवासम्बन्धी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा पालिकाका योजना र बजेटबारे किरण थापाले जानकारी गराउनुभयो । सूचना अधिकारी भानुभक्त थपलिया, विना थिके, सफल भुजेल, विवेकचन्द्र अधिकारीलगायतको उपस्थिति थियो । वडा सदस्य उत्तम गोम्जा, सानुमाया नेपाली, वडा सचिव शान्तिमाया हिम्डुङ, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रतिनिधि, स्थानीय, पत्रकार तथा अन्य सरोकारवालाको पनि सहभागिता थियो ।