काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

462
shares

इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ ।

सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।

लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त क्षेत्रमा इजरायली हवाई आक्रमण भएको जनाएका छन् । अल जदीद टेलिभिजनका अनुसार पछिल्लो तीन महिनामा बेका क्षेत्रमा भएको यो पहिलो इजरायली आक्रमण हो ।

इजरायली सेनाले हिज्बुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हतियार तस्करी गर्ने र लेबनानभरि लडाकुहरू परिचालन गर्ने गतिविधि जारी राखेको आरोप लगाएको छ । साथै, इजरायल युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

यसैबीच, लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिक शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार उनीहरूका अर्का भाइलाई इजरायलले एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ ।

इजरायली सेनाले भने उक्त स्थल कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।