काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस सभापति थापाद्धारा प्रदीप गिरि फेलोसिपको उदघाटन

546
shares

वीरगञ्ज । नेपाली काँग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन ।

उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच रहेको उहाँको रचनाहरुबाट बुझन सकिन्छ ।

सभापति थापाले थप भने, ‘मधेस आन्दोलन पछि संघीयता आएको भनिन्छ तर स्व गीरि समावेशिता र संघीयले मुलुक, प्रजातन्त्र र नेपाली कांग्रेस बलियो हुने अवधारण व्यक्त गर्दै आउनु भएको उहाँका रचनाहरुबाट सहजै बुझन सकिन्छ ।’

सभापति थापाले प्रदीप गिरिलाई प्रत्यक्षरुपमा भेट्नु अघि नै उनका लेख तथा रचनाहरू पढ्न थालेको बताउदै अध्ययन र लेखपढीमा रुचि राख्ने गीरि नयाँ पुस्ताका लागि सहजै भेट्न र बुझ्न सकिने सरल तथा सादगी व्यक्तित्वका धनी भएको बताए ।

राजनीतिक दृष्टिकोण निर्माण गर्ने क्रममा समेत प्रदीप गिरिका विचारहरू बुझ्नु आवश्यक रहेको उल्लेख गर्दै नेपालको विविधता, लोकतन्त्रलाई कसरी समावेशी र सार्थक बनाउने भन्ने विषयमा गिरिका विचार तथा प्रयासहरू सधै महत्वपूर्ण रहेको उनेको भनाइ थियो ।

प्रदीप गिरि इन्स्टिच्युटले स्वर्गीय प्रदीप गिरिको जन्मजयन्तीको अवसर पारेर प्रदीप गिरि फेलोसिपको पहिलो समूहका लागि आवेदन सोमबारबाट आह्वान गरिएको कार्यक्रममा जानकारी गराएको छ । प्रदिप गीरि इन्स्टिच्युटले वीरगञ्जबाट फेलोसिप कार्यक्रम सार्वजनिक गर्दै अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा आवेदन खुला गरेको हो ।

स्व. गिरिका जीवनका आदर्श, मूल्यमान्यता, विचार र दर्शनलाई जीवन्त राख्दै नयाँ पुस्तासँग जोड्ने उद्देश्यले फेलोसिप कार्यक्रमको सञ्चालन गरिएको जानकारी गराइएको थियो । नेपाली कांग्रेसका सभापति गगन थापाले फेलोसिपको अनलाइन फारम सार्वजनिक गर्दै औपचारिक रूपमा आवेदन खुला गरेका थिए ।

प्रदीप गिरि इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले युवाहरू आफ्नै गाउँठाउँका समस्या पहिचान गर्ने, तिनको समाधान खोज्ने र सार्वजनिक नीतिका विषयमा बहस गर्न इच्छुक रहेपनि उच्चित अवसर नपाएको बताए ।उनले क्षमता भएर पनि अवसरबाट वञ्चित युवालाई लक्षित गरी यो फेलोसिप कार्यक्रम ल्याइएको उल्लेख गरे ।

पार्टीको केन्द्रीय कार्यालयमा गरिएको घोषणा अनुरूप नेपाली कांग्रेसको सहकार्यमा प्रदीप गिरि इन्स्टिच्युटले फेलोसिप कार्यक्रम अघि बढाएको बताउँदै झाले यसले स्व. प्रदीप गिरिका सोच, विचार र मूल्यमान्यतालाई समाजमा विस्तार गर्न तथा युवालाई सकारात्मक र रचनात्मक सार्वजनिक बहसमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्पष्ट गरे ।

फेलोसिपको पहिलो विधा ‘विचार : अनुसन्धान तथा लेखन फेलोसिप’ रहेको छ ।

त्यस्तै, दोस्रो विधा ‘कर्म : न्याय फेलोसिप’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले मधेश र संघीय राजधानीमा कानुनी सहायता डेस्क सञ्चालन गर्नेछन् ।

तेस्रो विधा ‘निष्ठापूर्ण असहमति : निबन्ध पुरस्कार’ रहेको छ । यो फेलोसिप नभई वार्षिक निबन्ध पुरस्कार हो । आफ्नै राजनीतिक दल, संस्था, आन्दोलन वा पेसाभित्रका कमजोरीमाथि आलोचनात्मक दृष्टिकोण राख्दै लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई पुरस्कार प्रदान गरिनेछ ।

फेलोसिपमा दलित, मधेसी, आदिवासी तथा जनजाति समुदाय, महिला र काठमाडौं उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ । विशेषगरी दुर्गम तथा सीमान्तकृत क्षेत्रका आवेदकलाई प्राथमिकतामा राखिनेछ ।