काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भैरहवामा मेची–महाकाली श्री गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा

1.07K
shares

भैरहवा । मेची–महाकाली श्री गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा–२०८३ सोमबार रुपन्देहीको भैरहवा आइपुगेको छ । मुक्तिनाथबाट पूर्णिमाका दिन सुरु भएको रथयात्रा काठमाडौं हुँदै विभिन्न स्थान हुँदै आज भैरहवा आइपुगेको हो ।

भैरहवास्थित लुम्बिनीगेटबाट सुरु भएको रथयात्रा बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, मिलनचोक, बैंकरोड, देवकोटाचोकलगायत नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो । रथयात्रामा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम, नवलपरासीका कोषाध्यक्ष मंगल भण्डारीका अनुसार रथयात्रा त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष दिव्यधाम पुगेर समापन हुनेछ । यसैबीच मंसिर १ गते मंगलबार (भोली) देखि श्री गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ सुरु हुँदैछ । मंसिर २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा सहभागी भइ पुण्यलाभ लिन कोषाध्यक्ष भण्डारीले सबैमा आग्रह गरेका छन् ।