काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपिएलस् जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

273
shares

काठमाडौँ।स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

सुदूरपश्चिमले उहाँलाई एनपिएलको प्लेअफ खेलका लागि आज टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो । ओपनिङ ब्याटर मन्सेले स्कटल्याण्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी(२० अन्तरराष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका छन् । उनी आक्रामक ब्याटिङका लागि परिचित मानिन्छन् ।

सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाएका उनको टी(२० अन्तरराष्ट्रिय ‘करिअर’को विशेष प्रदर्शन हो । त्यस्तै, सन् २०२५ मा सोही टोलीविरुद्ध १९१ रन बनाउँदै मन्सेले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए ।

मन्सेले स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी(२० अन्तरराष्ट्रिय खेल खेलका छन् । एकदिवसीयमा उनको नाममा तीन शतक र १९ अर्धशतकसहित दुई हजार ७७७ रन छ । टी(२० अन्तरराष्ट्रियमा तीन शतक र १४ अर्धशतक प्रहार गरेका उनले दुई हजार ५९८ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ पक्ष थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको अनुभवका साथै एनपीएलमा समेत खेलिसकेको अनुभवले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

टोलीमा आबद्ध भएपछि मन्सेले पुनस् नेपालमा खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । गत संस्करणमा नेपालको क्रिकेट वातावरण र समर्थकबाट राम्रो अनुभव बटुलेको उल्लेख गर्दै उनले सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका हुन् ।