global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकहरूले सात प्रादेशिक शाखा खोल्नु पर्ने

बैंकहरूले सात प्रादेशिक शाखा खोल्नु पर्ने

बैंकहरूले सात प्रादेशिक शाखा खोल्नु पर्ने

सबै वाणिज्य बैंकहरूले सातै प्रदेशमा प्रादेशिक शाखा स्थापना गर्नुपर्ने भएको छ, देश संघीयतामा गइसकेपछि सोहीअनुसार बैंकिङ संरचना बनाउन नेपाल राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकद्वारा बुधबार जारी एकीकृत निर्देशन–२०७६ अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले प्रत्येक प्रदेशमा एक/एक वटाका दरले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ भने ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले आवश्यकता अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ ।

एकै जिल्ला वा प्रदेशभित्रका शाखा कार्यालयहरुलाई एउटै प्रादेशिक कार्यालयको मातहतमा राख्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । प्रदेश कार्यालयलाई बैंकिङ कारोबारको भने अनुमति दिइएको छैन । यस्ता कार्यालयले आफू मातहतका शाखा कार्यालयहरुको कामकारबाहीको अनुगमनसहितका प्रशासनिक कार्यमात्र गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरु एक आपसमा मर्जर वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने बैंकहरूले काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रीय बैंकको पूर्वस्वीकृति नलिइ शाखा खोल्न पाउने खुकुलो व्यवस्था पनि गरेको छ ।

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु