लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ
वि.सं.२०८३ मंसिर ५ शनिवार २०:४६
shares

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले सिराहा, कास्की, सुनसरी, बर्दिया, बाँके, झापा, दाङ, कैलाली, सिन्धुली र रूपन्देहीका विभिन्न स्थानबाट लागुऔषधसहित ३७ जनालाई पक्राउ गरेको हो ।
सिराहाको मिर्चैया नगरपालिका(३ का २७ वर्षीय दिलिपकुमार मण्डल र मिर्चैया नगरपालिका(३ का २४ वर्षीय जितेन्द्र मण्डललाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका(८ बाट नियन्त्रित लागुऔषध टापेन्टाडोल ५२ ट्याब्लेटसहित पोखरा(४ बस्ने धादिङ निलकण्ठ नगरपालिका(८ घर भएका ३३ वर्षीय गौरवमान शाक्यसहित दुई, पोखरा(१७ ट्याक्सीचोकबाट नियन्त्रित लागुऔषध नोर्फिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुलसहित पोखरा(१७ का २८ वर्षीय रोशन थापा र रूपन्देही मायादेवी गाउँपालिका(३ घर भएका ३० वर्षीय जग्गु गौड पक्राउ परेका छन् ।
यसैगरी, पोखरा(१३ मियाँपाटनबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने भारत घर भएका २० वर्षीय रञ्जित कुमार तथा अन्य तीन जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका(१४ हात्तीसार पथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषध डाइक्लोमाइन पाँच हजार ९३० ट्याब्लेट, नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामाडोल १५ ट्याब्लेटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा धरान(१५ का २५ वर्षीय सौरभ जिमी, धरान(२० का २२ वर्षीय सुगम राई, धरान(१४ का २१ वर्षीय अविजित निरौला, धरान(१३ का २५ वर्षीय आशिष राई र मोरङ लेटाङ नगरपालिका(१ बस्ने २६ वर्षीय हरि लिम्बू रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(६ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित इटहरी उपमहानगरपालिका(४ बस्ने २२ वर्षीय राजेश रिसिदेवसमेत तीन, कोशी गाउँपालिका(१ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत विहार अररिया थाना बस्मतिया बेलाहा(८ बस्ने २० वर्षीय पङ्कजकुमार खत्वेसमेत तीन, दुहबी नगरपालिका(७ भलुवाबाट धरान उपमहानगरपालिका(२० बस्ने २१ वर्षीय गौरव राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका(८ पुरानो कण्ठपुर नजिकैबाट बाँके बैजनाथ गाउँपालिका(४ बस्ने ३० वर्षीय जय थापा, बाँकेको कोहलपुर नगरपालिका(१५ चन्नहवा बस्ने २८ वर्षीय सुरजकुमार थारूसहित दुई, झापाको बिर्तामोड नगरपालिका(१ र अर्जुनधारा नगरपालिका(५ को सिमाना मुसीचोकबाट बिर्तामोड नगरपालिका(४ बस्ने २७ वर्षीय दिपु राजबंशीसहित दुई जना पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका(१६ सुन्दरनगर टोल बस्ने ३३ वर्षीय सुनील थापा, घोराही(१५ शहिद गेट बस्ने प्रजल श्रेष्ठ र बबई गाउँपालिका(४ हापुरे दुर्गाटोल बस्ने २५ वर्षीय विनोद सुनार अवैध लागुऔषधसहित पक्राउ परेका छन् ।
कैलालीको जानकी गाउँपालिका(७ जवलपुरबाट जानकी(२ का ३० वर्षीय रमेश मगरसहित दुई, लम्कीचुहा नगरपालिका(१ बाट लम्कीचुहा(१ का ३० वर्षीय हिमाल खत्री, सिन्धुलीको कमलामाई नगरपालिका(६ रातामाटा प्लानिङ टोल डेरा गरी बस्ने कमलामाई(२ घर भएका ३२ वर्षीय विशाल मोक्तानसहित तीन र रूपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरबाट बुटवल(८ सुक्खानगरका ३९ वर्षीय सुनिल शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

























