काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढीमा सुदूरपश्चिम साहित्य महोत्सव हुँदै

819
shares

धनगढी।नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव’ आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता तथा सामाजिक विविधतालाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले यही मङ्सिर २६ र २७ गते धनगढीमा साहित्य महोत्सवको आयोजना गरिन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले जानकारी दिए ।

कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा सञ्चालन हुने महोत्सव क्याम्पस परिसरमा आयोजना गरिने छ । महोत्सवमा सुदूरपश्चिमको सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएका विभिन्न विषयमा अन्तरसंवाद र विमर्श गरिने संयोजक सापकोटाले बताए ।

त्यस्तै साहित्य र सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती(महाकालीका कथा, प्रदेशको भूगोल, इतिहास, समाज र संस्कृतिलगायत विषयमा छलफल हुनेछ । महोत्सवले प्रदेशका सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा डेढ दर्जनभन्दा बढी विषयगत सत्र सञ्चालन हुनेछन् । यसैगरी सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ । हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुतिका कार्यक्रम पनि महोत्सवका आकर्षण रहनेछन् । महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ ।

महोत्सवमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, डा हेमराज पन्त, डा लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, डा तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, डा। अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारीलगायतको सहभागिता रहनेछ ।

महोत्सवले सुदूरपश्चिमका सांस्कृतिक सम्पदा संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा योगादान पुर्याउनुको साथै प्रदेशको पहिचान र सम्भावनालाई राष्टियस्तरमा परिचित गराउने विश्वास पनि लिएको छ ।