काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि पुन र रावललाई

777
shares

काठमाडौँ। ‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि तीर्थकुमार पुन र राज्य रावलले प्राप्त गर्नुभएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित १० किलोमिटरको ‘गरिमा रोड रेस’ प्रतियोगिताको पुरुषतर्फ पुन र महिलातर्फ रावल प्रथम भएको हु्न् ।

पुनले ३१ मिनेट ५० सेकेन्ड र रावलले ३९ मिनेट ५४ सेकेन्डमा १० किलोमिटर दूरी पार गरे । प्रथम भएसँगै उनिहरूले ५० हजार नगद प्राप्त गरेका छन् । त्यस्तै, कर्पोरेटतर्फ पाँच किलोमिटरतर्फ पुरुषमा इश्वर बुढाथोकी र महिलामा दिव्या विष्ट प्रथम भएको छन् । बुढाथोकीले १९ मिनेट २८ सेकेन्ड र विष्टले २६ मिनेट ५७ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गरे । उनिहरूलाई नगद ३० हजार पुरस्कार प्रदान गरिएको छ ।

दश किलोमिटर दूरीको प्रतियोगितामा दोस्रो हुने ३५ हजार, तेस्रो हुनेलाई २० हजार, चौथो हुनेलाई १५ हजार र पाँचौँ हुनेलाई १० हजार प्रदान गरिएको छ । यसैगरी, कर्पोरेटतर्फ दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार, चौथो हुनेलाई १० हजार र पाँचौँ हुनेलाई पाँच हजार प्रदान गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए।

कार्यक्रममा एक हजार ४०० भन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ । उक्त बैंकले २०औँ वार्षिकोत्सव यही मङ्सिर ७ गते सोमबार एक कार्यक्रम आयोजना मनाउने जनाएको छ ।