काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रातको समयमा झिलिमिली देखिएको फेवाताल

672
shares

पोखरा।   पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण फेवाताल रातको समयमा झिलिमिली बत्तीले थप आकर्षक देखिने गरेको छ । तालको पानीमा प्रतिबिम्बित लेकसाइड क्षेत्रका बत्ती, किनारमा लस्करै राखिएका रङ्गीविरङ्गी डुङ्गा र पारिपट्टिका डाँडामा टल्किएका बस्तीका उज्यालोले फेवातालको रात्रिकालीन सौन्दर्यलाई मनमोहक बनाएको देखिन्छ ।

शान्त तालको पानी र डुङ्गामा विभिन्न रङका बत्तीको प्रतिबिम्ब पर्दा फेवातालले रातमा छुट्टै आकर्षण प्रस्तुत गरेको छ । पोखरा घुम्न आउने पर्यटकका लागि फेवाताल दिनमा मात्र नभई साँझ र रातको समयमा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ । ताल किनारमा बसेर पानीमा देखिने प्रकाशको प्रतिबिम्ब नियाल्नु र तस्बिर खिच्नु पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।