प्रेस युनियन स्याङ्जाको अध्यक्षमा डुम्रे निर्विरोध
वि.सं.२०८३ मंसिर ५ शनिवार ०८:५३
shares

स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जा शाखाको अध्यक्षमा पत्रकार राधाकृष्ण डुम्रे निर्विरोध निर्वाचित भएका छन्। झण्डै तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय डुम्रे सहमतिका आधारमा अध्यक्ष चयन भएका हुन्।
त्यसैगरी उपाध्यक्षमा जोगराज पाठक र आरती कुँवर, सचिवमा पवन मरासिनी, सहसचिवमा विक्रम शाही ‘समुद्र’ र कोषाध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन्।
सदस्यमा अश्विन पंगेनी, भेषराज रेग्मी, प्रज्ञा खड्का, प्रज्वल रनपाल र मनिषा परियार चयन भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ओमप्रकाश शर्मा, प्रदीप कोइराला, प्रकाश डोटेल, भूपराज बस्याल, तोलाकान्त बगाले, अमृत अर्याल, ऋषि बस्याल र कान्तिदीप अर्याल छनोट भएका छन्।
त्यस्तै, प्रदेश प्रतिनिधिमा जोगराज पाठक, गोपिकृष्ण रेग्मी, शंकर सुवेदी, कल्याणी खाँण, भुवन भण्डारी, बबिन पाठक, रामचन्द्र उपाध्याय, निशा भट्टराई र स्मृति अर्याल चयन भएका छन्।
युनियनका केन्द्रीय सदस्य रहेका टीकाकृष्ण सिग्देल र भवानी अधिकारी स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्वाचन प्रतिनिधि तथा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए।

























