global ime bank Long Banner Ad

गृहपृष्ठ अपहरणमा परेका बालकको उद्धार, अपहरणकारी पक्राउ

अपहरणमा परेका बालकको उद्धार, अपहरणकारी पक्राउ

अपहरणमा परेका बालकको उद्धार, अपहरणकारी पक्राउ

बालकलाई अपहरण गरी १२ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका-६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको सिर्सियाबाट मंगलबार राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका-२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगन्ज आउने क्रममा अपहरण गरिएको थियो ।

अपहरितका पितासँग फिरौतीबापत दाससहितका अपहरणकारी समूहले १२ लाख रुपैयाँ माग गर्दै आएको थियो । अपहरणकारीले माग गरेको फिरौती रकम दिन गए राति सिर्सिया पुगेका दासले खानको हातबाट रकम भएको झोला खोसी भाग्न खोज्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दासको दाहिने खुट्टामा गोली लागेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले प्रहरी नियन्त्रणमा रहेका दासले दिएको जानकारीका आधारमा सीमावर्ती भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा अपहरित बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको बताए ।

प्रहरीको गोली लागी घाइते भएका दासलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बालकको अपहरणमा दाससहित अन्य दुई जना व्यक्ति संलग्न रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका दासबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान, सोमा प्रयोग हुने गोली चार थान र उनले प्रयोग गरेको बिआर२२जे ०८०३ भारतीय नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । (रासस)

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु