गृहपृष्ठ ‘भारतीय अतिक्रमण’को विरोधमा विप्लव समूह, मोदीको पुत्ला जलाउने घोषणा
‘भारतीय अतिक्रमण’को विरोधमा विप्लव समूह, मोदीको पुत्ला जलाउने घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै त्यसको विरोधमा एकहप्ते संघर्षकाे कार्यक्रम घोषणा गरेकाे छ । घोषित कार्यक्रममा साे नक्सा जलाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे पुत्ला जलाउनेसम्म रहेका छन् ।
बुधबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार यही कात्तिक २१ गते मसाल जुलुस निकाल्ने विप्लव समूहको कार्यक्रम छ । २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने र २५ गते विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएकाे छ ।
कात्तिक २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने सो समूहले कार्यक्रम घोषणा गरेको छ ।
यसअघि, विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनहरू पनि भारतले सार्वजनिक गरेको सो नक्साप्रति विरोध जनाइसकेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
प्रकाशित समय : २२:०३ बजे




















