परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
वि.सं.२०८३ मंसिर ५ शनिवार १९:५६
shares

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल(जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा(भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनस्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकामा जापान सरकारप्रति आभार व्यक्त गरे ।
जापानी उपविदेशमन्त्री फुजी नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल(जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएको हुन ।

























