काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः संयोजक दाहाल

756
shares

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएको छन् ।

नेकपाको काठमाडौँ जिल्ला समितिको एकता बैठक तथा राष्ट्रिय जागरण अभियानको आज उद्घाटन गर्दै उनले कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुको विकल्प नरहेकामा जोड दिए ।

विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको बताउँदै संयोजक दाहालले यसअघिका त्रुटि सच्याएर अघि बढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख गरे । “हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ”, उनले भने ।