काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

672
shares

काठमाडौँ। राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत् कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी भएको छन् ।

आर्यावलोकीतेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहीबारदेखि सुरु भएको हो ।

महायज्ञको अन्तिम दिन आज राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठलगायत विधिहरू समावेश गरिएकोनेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण मानिने आर्यावलोकीतेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए ।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार ९सेतो मत्स्येन्द्रनाथ मन्दिर० लगायतका ऐतिहासिक विहारमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटी प्रदान गर्े । कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।