काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियामा कांग्रेस देउवा पक्षको पनि महाधिवेशन, ५३ सदस्यीय समिति गठन

756
shares

अस्ट्रेलिया । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको प्रभाव अस्ट्रेलियास्थित प्रवासी संगठनमा पनि देखिएको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ महाधिवेशनको तयारी अघि बढाउँदै सुदीप मुडभरी (साइमन) को संयोजकत्वमा ५३ सदस्यीय तयारी समिति गठन गरेको छ ।

यसअघि नेपाली कांग्रेसका नेता गगन थापा पक्षले पनि अस्ट्रेलियामा छुट्टै महाधिवेशन तयारी समिति गठन गरिसकेको छ । दुवै पक्षबाट छुट्टाछुट्टै तयारी अघि बढेसँगै अस्ट्रेलियास्थित नेपाली कांग्रेससम्बद्ध संगठनमा नेतृत्व र प्रतिनिधित्वको विषय थप चासोको विषय बनेको छ ।

नेपाली कांग्रेस पार्टीले मुडभरीलाई नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको संयोजकको जिम्मेवारी प्रदान गरेपछि पाँचौँ महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित तयारी समिति गठन गरिएको २० नोभेम्बरमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गठित समितिको संयोजकमा सुदीप मुडभरी (साइमन), उपसंयोजकहरूमा निराजन खड्का (साउथ अस्ट्रेलिया), दीपेन्द्र राज हमाल (भिक्टोरिया), भूपेन्द्रराज कँडेल (न्यू साउथ वेल्स) तथा सदस्य सचिवमा विनोद उप्रेती (अस्ट्रेलियन क्यापिटल टेरिटोरी) रहेका छन् ।

समितिमा अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीबाट नेपाली कांग्रेसप्रति आस्थावान् व्यक्तिहरूलाई सदस्यका रूपमा समेटिएको जनाइएको छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै संयोजक मुडभरीले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियालाई सबैको साझा र एकताबद्ध संस्था बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । विगतमा विभिन्न कारणले संगठनबाट टाढिएका तथा निष्क्रिय रहेका साथीहरूलाई समेत सम्मानपूर्वक समेटेर अघि बढ्ने उनको भनाइ छ ।

उनले नेपाली कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक आदर्शलाई आत्मसात् गर्दै अस्ट्रेलियामा रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्य रहेको बताए ।