काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिकूल बर्षाको मारमा पर्साका किसान, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

378
shares

वीरगञ्ज । पर्साको ठोरीगाउपालिका किसानहरुलाई बेमौसमी पानिले ठुलो मारमा पारेको छ । समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो । ठोरी गाउँपालिका–बुद्धनगरका किसानहरु तराकारी खेतीबाट लाखौ आम्दानी गर्दै आएपनि यसबर्षको पानिले ठुलो घाटा उठाउन बाध्य बनाएको छ ।

ठोरी बुद्धनगरका किसान हरिप्रसाद घिमिरे एक दशकदेखि तरकारी खेतीबाट बार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका थिए । यस वर्ष उनी चार कठ्ठामा काँक्रो, दुई कठ्ठामा काउली, ५ कठ्ठामा मुला,साग र ८ कठ्ठामा टमाटर लगायतका तरकारी लगाएका थिए ।

तर बेमौसमी पानिले काँक्रो खेतमै सुखेको उनले बताए । बिगतका बर्षमा लगानी कटाएर वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

भारतीय सिमावर्ती किसानहरुसंग कडा मुल्य प्रतिस्पर्धाको बावजुद स्थानीय बजारमा उत्पादित तरकारीको राम्रो खपत हुने गरेको उनी बताउँछन, ‘माँग अनुसार वीरगञ्ज र सीमावर्ती भारतीय बजारसम्म पनि तरकारी पठाउने गरेका छौ ।’

उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै साथ सक्रियता रहने गरेको छ । श्रीमानसँगै खेतबारीमा उनी पनि साथ दिदै आएकी छिन ।

बालीमा क्षति हुँदा लगानी डुब्ने जोखिम बढेको छ । प्रदेश वा स्थानिय सरकारको प्राविधिक सहयोग र बाली बिमाको उचित व्यवस्था नभएकाले पनि ठुलो क्षतिको भरपाई बेहर्नु पर्ने उनको चिन्ता छ ।

उनले भने, ‘गाउँपालिकामा कृषि प्राविधिक भए पनि हामिले किटनासक छर्ने ट्यांकी र केहि बिउबिजको मात्र सहयोग एक दशकको बीचमा पाएका छौ ।’

‘तराकारीखेती सम्बन्धी सुझाव, सल्लाह र रोग नियन्त्रणका लागि खेतमै पुगेर आवश्यक सुझाव अहिलेसम्म पाएका छैनौ’ घिमिरेले भने, ‘खेतीमा लाखौको क्षति हुँदापनि खेतमै आएर निरीक्षण गर्ने र समाधान सुझाउने प्राविधिकको अभाव मात्रै छैन,कुनै सरकारबाट कुनै अनुदान दिने पनि गरिएको छैन ,प्रदेश सरकारले लाखौको बजेट छुट्याए पनि नेता–कार्यकर्तासम्म त्यो बजेट पुग्न सकेको छैन’, उनको गुनासो छ ।

बुद्धनगरकै ३७ वर्षीय अरुण अधिकारी पनि ८ बर्षदेखि आलुको खेतीबाट मनग्य कमाउने गरेका छन । उनी व्यावसायिक रुपमा २ बिग्गामा आलुको खेती बार्षिक रुपमा गर्दै आएका छन । यसबाहेक उनी काउली, गोलभेडा, लौका र काँक्रो खेतमा उत्पादन गरी व्यवसायीक रुपमै तराकारी खेती गर्ने गरेका छन ।

गत वर्ष ५० क्विन्टल गोलभेडा बिक्री गरेका अधिकारी यस वर्ष भने ५किलो पनि बेच्न नपाएको दुखेसो सुनाए । बेमौसमी पानीका कारण टमाटर बाली पुरै नष्ट भएको उनी बताउँछन् ।

खेतको मेहनत र लगानी प्राकृतिक प्रकोपका कारण खेर जाँदा किसानलाई आर्थिक संकट पर्ने गरेको उनको भनाइ छ ।

‘यस्तो बेला किसानले करकारी सुझाव र सहयोग पाउनु पर्ने हो ,तिनैमा कुनै पनि सरकारी निकायको अग्रसर्ता देखिएको छैन,’ उनले भने ।

तरकारी खेतीबाट २ देखि ५लाख सम्म बार्षिकरुमा ठोरी बुद्धनगरका ४३ बर्षिय हरिप्रसाद घिमिरे र ३६ बर्षिय रंजित कुमार आम्दानी गर्ने गरेको बताउछन । एक दशक अगाडी सउदीबाट फर्केका रंजित तरकारी खेती र कुखुरा पालनबाटै राम्रो आमदानी गर्न सकिने अनुभव सुनाउँछन ।

सबै किसानको समस्या उत्पादन र बजार भन्दा पनि सरकारी निश्क्रियता र कृषिबजेट उचितरुपमा किसानसम्म पुग्न नसकेको गुनासो छ । कृषिलाई उधोगीकरण गर्न प्रणालीलाई व्यवस्थित बनाउनका साथै अनुदान खेतसम्म पुग्न नसकेकोे धारण छ ।

स्थानीय बजारमा उत्पादित तरकारीले मांग धान्न नसक्दा दैनिक १० हजार रुपैयाँ भन्दा बढी मूल्यको तरकारी वीरगञ्जबाट ठोरीको बजारमा मात्र आयात हुने गरेको स्थानीय किसान बताउँछन । यसले ठोरीमै तरकारी उत्पादन विस्तारको सम्भावना देखाए पनि किसानले त्यसअनुसार प्रोत्साहन पाउन सकेका छैनन् ।

ठोरीमा तरकारी खेतीको सम्भावना भएपनि बाली बिमा, प्राविधिक सेवा, गुणस्तरीय बीउ र आवश्यक उपकरण उपलब्ध गराउन सके अहिले खेती गरिरहेका किसानलाई राहत पुग्नुका साथै थप युवाहरुलाई विदेशिनु भन्दा पनि कृषिमा आकर्षित गर्न सकिने स्थानिय बताउँछन् ।