काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुम्लामा श्रीमानको कुटपिटबाट २० वर्षीया महिला गम्भीर घाइते, श्रीमान् प्रहरी नियन्त्रणमा

798
shares

मुगु । जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका–७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको कुटपिट बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् ।

गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ। पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए।

यसपटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन्। यसअघि पनि पटक–पटक कुटपिटमा परेको उनको भनाइ छ।

पीडितको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो। उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन्। घरबार बिग्रिन नदिन परिवारले पटक–पटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए।

पीडित परिवारले घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ। घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

घरेलु हिंसाविरुद्ध न्यायको माग

घरपरिवार र समाजको डरले पटक–पटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ।

घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ।

विवाहको अर्थ हिंसा सहनु होइन। कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।