गृहपृष्ठ नरपानी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
नरपानी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा आज बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-६ दहखोलामा भएको बा१७च ६९१७ नम्बरको कार दुर्घटनामा पाणिनि गाउँपालिका-८ घर भई हाल सैनामैना बस्दै आएकी ८० वर्षीया आमा दुर्गादेवी खड्का, छोराद्वय ४३ वर्षीय भक्तबहादुर खड्का र वर्ष ३९ वर्षीय तिलबहादुर खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
गाडी चालक ४९ वर्षीय का गंगाबहादुर खड्का र २५ वर्षीय विनोद खड्का गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ ।

प्रकाशित समय : २०:४० बजे



















