गृहपृष्ठ सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड रूपैयाँ बिमा दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड रूपैयाँ बिमा दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड रूपैयाँ बिमा दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले मादी पावरका महाप्रबन्धक विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् । इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको कम्पनीले जनाएकाे छ ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु