global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावअघि कुनै पनि पार्टीसँग एकता हुँदैन : माधव नेपाल

चुनावअघि कुनै पनि पार्टीसँग एकता हुँदैन : माधव नेपाल

चुनावअघि कुनै पनि पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । साेमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीलगायत अन्य कुनै पनि दलसँग चुनावअघि एकता नगर्ने स्पष्ट पारे ।

आगामी चुनावमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने र नजित्ने ठाउँमा सम्मानजनक ढंगले तालमेल गर्ने पनि उनकाे भनाइ छ । अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए ।

सञ्चारकर्मीहरूले साेधेकाे प्रश्नकाे जवाफ दिने क्रममा अध्यक्ष नेपालले प्रदेश खारेजकाे माग कतै नउठेको बताए । उनले नेपाल श्रीलंकाजस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको दाबी गरे ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु