ओलम्पिक दाबीमा भारतीय विवाद
वि.सं.२०८३ मंसिर ८ मंगलवार १६:४६
shares

सन् २०३६ को ओलम्पिक आयोजना गर्ने भारतको दाबीलाई आफ्नै खेलकुद प्रशासनभित्रको विवादले कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले भारतीय ओलम्पिक सङ्घ ९आइओए० को आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै त्यसले भारतको ओलम्पिक प्रतिष्ठामा असर पार्ने चेतावनी दिएको छ ।
भारतसहित सात देश ओलम्पिक आयोजनाको प्रतिस्पर्धामा छन् । बिहीबार स्विट्जरल्यान्डमा आइओसीसमक्ष भारतले आफ्नो प्रस्ताव प्रस्तुत गर्दैछ । तर, डिसेम्बर ५ मा हुने आइओएको निर्वाचनमा मनोनयन प्रक्रियासम्बन्धी विवादले संस्थाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
आइओए अध्यक्ष पीटी उषाले निर्वाचनमा अनियमितता भएको आरोप लगाएको छन् । सन् २०२२ मा संस्थाको पहिलो महिला अध्यक्ष बनेकि उनि सुरुमा दोस्रो कार्यकालको प्रतिस्पर्धाबाट बाहिरिए पनि अर्को महासङ्घको मनोनयनपछि पुनः उम्मेदवार बनेकि हुन् ।
आइओसीले निर्वाचन प्रक्रिया र नियम कार्यान्वयनमा पुनः विवाद देखिएको भन्दै यसलाई ‘अत्यन्त खेदजनक’ भनेको छ । खेलकुद विज्ञहरूले आकर्षक प्रस्तुति मात्रले प्रशासनिक कमजोरी ढाक्न नसकिने बताएका छन् ।
यद्यपि, खेलकुद पत्रकार जी राजारमनले विवादले आयोजक सहर छनोट प्रक्रियामा ठूलो असर नपार्ने विश्वास व्यक्त गरेका छन् । भारतको अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजना गर्ने भएकाले त्यसलाई ओलम्पिक तयारीको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । यसअघि सन् २०२८ मा लस एन्जलस र २०३२ मा ब्रिस्बेनमा ओलम्पिक आयोजना हुँदैछन् ।

























