भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम आयोजना हुँदै
वि.सं.२०८३ मंसिर ८ मंगलवार १६:१३
shares

सारांश
- भक्तपुरमा मंसिर १२ गते निःशुल्क स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम आयोजना हुने ।
- नेप्सेम्याकको संयोजनमा भक्तपुरमा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको हो ।
- भक्तपुरको राधेराधेमा शनिबार बिहान निःशुल्क सुगर, पिसाब तथा रक्तचाप परीक्षणसँगै रक्तदान कार्यक्रम ...
भक्तपुर । भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को सक्रिय संयोजनमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
स्वास्थ्य शिविरमा पिसाब, सुगर तथा रक्तचाप परीक्षण गरिनेछ । साथै, इच्छुक व्यक्तिहरूले खुला रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न सक्नेछन् । कार्यक्रम आगामी २०८३ मंसिर १२ गते शनिबार भक्तपुरको राधेराधेस्थित नेप्सेम्याक शाखा कार्यालयमा सञ्चालन हुनेछ । बिहान ७ः१५ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न आयोजकले सबैलाई आग्रह गरेको छ । कार्यक्रममार्फत समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रक्तदान संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

























