काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

168
shares

विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

गोल्ड वाल प्रेसद्वारा सञ्चालित अनलाइन खातामा प्रकाशित विवरणअनुसार ‘मा’ उपनामका ती अधिकारी विदेशमा कार्यरत रहँदा ‘काइलिन’ नामका विदेशी गुप्तचरको सम्पर्कमा पुगेका थिए । सुरुमा चिनियाँ भाषा सिक्ने बहानामा भेटेका काइलिनले पछि संवेदनशील राजनीतिक विषय र विदेशमा रहेका चिनियाँ संस्थाका गतिविधिबारे सूचना माग्न थालेका थिए ।

काइलिनले अर्का व्यक्तिमार्फत सहयोग नगरे सूचना चुहाएको विषय सार्वजनिक गरिदिने धम्की दिएपछि मा जासुसी गर्न सहमत भएको प्रतिवेदनमा उल्लेख छ । उहाँले गोपनीयता र वफादारीसम्बन्धी सर्तसहितको सम्झौतामा हस्ताक्षर गरी मासिक रकम र सूचना आदानप्रदानका लागि ल्यापटप प्राप्त गरेका थिए ।

विदेशको कार्यकाल सकेर चीन फर्किएपछि पनि उनले गोप्य कागजातबाट सूचना सङ्कलन गरी जासुसी वेबसाइटमार्फत पठाउने गरेको विवरणमा जनाइएको छ । यस क्रममा उनले सयभन्दा बढी सूचना चुहाएको र ३५ वटा सूचना उपलब्ध गराएबापत १० लाख युआनभन्दा बढी रकम लिएको अदालतले ठहर गरेको बताइएको छ ।

तर, मृत्युदण्डको सजाय कहिले र कुन अदालतले सुनाएको हो तथा कार्यान्वयन भइसकेको छ वा छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन । चिनियाँ अदालतले राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाका विवरण विरलै सार्वजनिक गर्ने गरेका छन् । प्रतिवेदनले जासुसीमा भावनात्मक प्रभाव र ब्ल्याकमेलजस्ता उपाय बढ्दो रूपमा प्रयोग हुन थालेकाले सचेत रहन आग्रह गरेको छ ।