काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

315
shares

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

सोही अवसरमा उपरथीमा बढुवा हुनुभएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । यसैगरी महासेनानीमा पदोन्नती भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।