काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

2K
shares

ai logo सारांश

  • नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ ।
  • ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ ।
  • नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ ।

यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणबाट प्राप्त स्वीकृतिअनुसार अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि ६० सेकेन्ड कायम गरिएको टेलिकमले जनाएको छ । यसअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको सञ्जालमा अन्तरराष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुनेछ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग अन्तरराष्ट्रिय कल गर्न विभिन्न पहुँच सङ्केत (एक्सेस कोड)को व्यवस्था गरेको छ ।

अन्तरराष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको सङ्केत राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको छ । विभिन्न देशमा अन्तरराष्ट्रिय कल गर्दा लाग्ने दररेटबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।