युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण :प्रदेश प्रमुख भट्ट
वि.सं.२०८३ मंसिर १२ शनिवार २०:००
shares

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण योगदान पुर्याएको बताएको छन् । पोखरा जेसीजको ४७औँ शाखा अधिवेशन तथा ५२औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उनले असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख गरे ।
“जीवनको सबैभन्दा सक्रिय र ऊर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरूको साझा संस्था जेसिजले युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सक्रियतापूर्वक लागिरहेको पाएको छु”, उनले भने।
विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई जोड्नु महत्वपूर्ण रहेको भन्दै उनले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसिज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताए।

























