काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ताप्लेजुङ बार एसोसिएसनले ८१ लाख लागतमा बनायो तीनतले भवन

1.11K
shares

ताप्लेजुङ । कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएन ताप्लेजुङले विभिन्न दाताहरुबाट सहयोग संकलन गरेर आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सहयोगी दाताहरुबाट रकम संकलन गरेर ८१ लाख रुपैयाँमा तीन तले भवन निर्माण गरेको हो ।

नव निर्मित भवन शनिबार औपचारिक उद्धघाटन गरिएको छ । नवनिर्मित भवनको नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले उद्घाटन गरेका हुन् ।

ताप्लेजुङका कानुन व्यवसायीले संस्थागत गतिविधि सञ्चालनका लागि आफ्नै पूर्वाधार पाएका छन् । भवनले कानुन व्यवसायीबीच नियमित छलफल, बैठक, पेशागत अन्तरक्रिया तथा कानुनी सहायता र सचेतना सम्बन्धि गतिविधि सञ्चालन गर्न सहज हुने नेपाल बार एसोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताए ।

एसोसिएसन ताप्लेजुङले जिल्ला अदालत परिसरभित्र भवन निर्माण २०८१ साल भदौमा थालेको थियो । भवन निर्माणपछि कानुन व्यवसायीको पेशागत हकहित संरक्षण गर्नुका साथै स्वतन्त्र न्यायपालिका, मानवअधिकार, कानुनी शासन र नागरिकको न्यायमा पहुँचका विषयमा आवाज उठाउन सहज हुने प्रा.डा.विजयप्रसाद मिश्रले बताए ।

भवन निर्माणको लागि काठमाडौं, साथै जिल्लाका विभिन्न संघसंस्था, साथै विभिन्न क्षेत्रबाट रकम संकलन गरि भवन निर्माण सम्पन्न भएको बार एसोसिएन ताप्लेजुङका सचिव सन्तोष प्रसाईले जानकारी दिए । तीन तले भवन निर्माणको लागि ८१ लाख रुपैयाँ खर्च भएको बार एसोसिएन ताप्लेजुङका कोषाध्यक्ष भेषराज पौडेलले बताए ।