काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

357
shares

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन् ।

आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुष ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स ९युएई०, मङ्सिर २६ गते जर्सी, मङ्सिर २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका छ ।

नेपालले खेल्ने सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एकरएक खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन् । बाँकी चार टोलीको यात्रा समाप्त हुनेछ ।