काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

861
shares

कर्णाली। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्मबमोजिम सञ्चालन हुने बताएको छन् ।

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्ण तयारीबारे आज राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताए ।

कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । सङ्घीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फुटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रङ्गशालामा हुँदैछ ।”

मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासीलगायत सबै सरोकारवालाहरूलाई आग्रह गरे । मङ्सिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उनले जानकारी दिए ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गरे । उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गर्े ।

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताए । उनका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे यही मङ्सिर १५ गते जानकारी गराइनेछ ।