काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘एक निष्ठावान यात्री’ पुस्तक लोकार्पण, पूर्वराष्ट्रपति यादवले गरे दीपकप्रकाश बास्कोटाको योगदानको चर्चा

147
shares

काठमाडौं । दीपकप्रकाश बास्कोटाको जीवनी तथा योगदानमाथि आधारित ‘एक निष्ठावान यात्री’ नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार आयोजित विशेष समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले बास्कोटालाई प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, सहकारी अभियान र उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वका रूपमा चित्रण गरे ।

उनले २०१७ सालको राजनीतिक घटनापछि प्रजातन्त्र पुनःस्थापनाका लागि देशभरका युवाहरू संघर्षमा उत्रिएको स्मरण गर्दै त्यसबेला बास्कोटाले पनि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको बताए ।

उनले भने,‘ प्रजातन्त्रको पुनःस्थापनाका लागि भइरहेको आन्दोलनमा दीपकप्रकाश बास्कोटाको योगदान सराहनीय छ । त्यसपछि उहाँ सहकारी आन्दोलनमा लाग्नुभयो । सहकारी क्षेत्रलाई अगाडि बढाउन, त्यसका कानुन तथा नियमावली निर्माण गर्न र संस्थालाई संस्थागत रूपमा विकास गर्न उहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । त्यस्तै, कञ्चनजङ्घा टी स्टेट स्थापना गरेर किसानको उत्थान र मुलुकको आर्थिक विकासमा पनि उहाँले ठूलो योगदान पु¥याउनुभएको छ ।’

यादवले बास्कोटाको प्रजातान्त्रिक आन्दोलनमा रहेको योगदान सराहनीय रहेको उल्लेख गर्दै त्यसपछि उनले सहकारी अभियानमा पु¥याएको योगदानको प्रशंसा गरे । सहकारी संस्थाको विकास, कानुन तथा नियमावली निर्माण र संस्थागत नेतृत्वमा बास्कोटाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

बास्कोटाले १८ वर्षसम्म सहकारी क्षेत्रको नेतृत्व गरेको स्मरण गर्दै यादवले त्यसपछि केशव बडालले नेतृत्व सम्हालेको बताए ।

त्यस्तै, कञ्चनजङ्घा टी स्टेटको स्थापना र सञ्चालनलाई उद्यमशीलताको उदाहरणका रूपमा प्रस्तुत गर्दै यादवले किसानको आर्थिक उत्थान र मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले बास्कोटाले काम गरेको उल्लेख गरे ।

उनले बास्कोटाको जीवनका विभिन्न पाटोलाई समेटेर पुस्तक तयार गर्ने सम्पादक तथा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । पुस्तकमा विभिन्न पुस्ताका व्यक्तिहरू, परिवारका सदस्य तथा छोरीहरूले समेत योगदान गरेको उल्लेख गर्दै उनले संकलन र सम्पादन कार्यको प्रशंसा गरे ।