काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

672
shares

जनकपुर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।  शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् ।

प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको सरयु कमला एक्सप्रेस रेलमार्फत जनकपुरधाम उमहानगरपालिकाका मेयर, विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष सन्तोष साहसहित ५२ जनाको समूह भार लिएर अयोध्याका लागि निस्किएका छन् ।  भारमा मिठाई, फलफूल, मिथिला परम्परा अनुसार घरमै बनाइने पारम्परिक व्यन्जन, कपडा, फूलहा भाँडालगायतका विवाहमा आदान प्रदान गरिने वस्तुहरुको रहेको छ ।

अयोध्या पुगेर तिलकोत्सव (छेका) गरिने र सोही बेला जनकपुरधाममा विवाहपञ्चमीको दिन सहभागी हुन निमन्त्रण दिइने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

उनले प्रथम व्यवसायिक रेलमार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे । साताव्यापी रुपमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यसवर्ष यहि मंसिर २८ गते हुन गइरहेको छ । यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।