काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशौँ राष्ट्रिय खेलकुद स् शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

378
shares

कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ ।

पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न उक्त खेलमा गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक प्राप्त गरेको प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिए । तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदकसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको प्रशिक्षक तुलाधरले बताए ।

त्यसैगरी, तीन स्वर्ण, एक रजत गरी एपीएफ चौथो, दुई स्वर्ण छ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच पदकसहित नेपाल पुलिस छैटौँ भएको छ ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश र एनआरएन भने पदकविहीन बनेको जनाइएको छ ।