global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ आज बस्ने संसद बैठकको कार्यसूची

यस्तो छ आज बस्ने संसद बैठकको कार्यसूची

यस्तो छ आज बस्ने संसद बैठकको कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकहरु छलफल र पारितका लागि पेश गरिँदैछ । बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने छलफल पछि पारितका लागि पेश गर्ने कार्यसूची छ । यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ छलफल तथा पारितका लागि पेश गर्नेछन् । उनले नै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत र पारितका लागि सांसदमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची :

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु