गृहपृष्ठ ‘माधव नेपालले जीवनकै ठूलाे गल्ती गरे, कठघरामा उभिई प्रायश्चित गर्नुपर्छ’
‘माधव नेपालले जीवनकै ठूलाे गल्ती गरे, कठघरामा उभिई प्रायश्चित गर्नुपर्छ’
नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाएर जीवनकाे सबैभन्दा ठूलाे गल्ती गरेकाे आराेप लगाएका छन् । नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे आराेप लगाएका हुन् ।
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएकाे उनकाे भनाइ छ । नेता भुसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’
ओलीले जारी गरेकाे पार्टी विभाजन गर्न पाउने अध्यादेशकाे विराेध गर्नेमा माधव नेपाल पनि अगाडि रहेकाे भुसालले उल्लेख गरेका छन् । ‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ उनले लेखेका छन् । नेता भुसालले माधव नेपालले कठघरामा उभिई प्रायश्चित गर्नुपर्ने पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’
प्रकाशित समय : १५:४८ बजे


















