गृहपृष्ठ आजको राशिफलः बिस २०८३ असार ८ गते सोमबार
आजको राशिफलः बिस २०८३ असार ८ गते सोमबार
आज बिस २०८३ असार ८ गते सोमवार, ई स २०२६ जुन २२, नेपाल सम्बत ११४६ तछलाथ्व अष्टमी, अधिक ज्येष्ठ शुक्ल पक्ष, जेठ शुक्ल अष्टमी। पञ्चाङ्गः व्यतिपात बव उत्तर, गृष्म ऋतु, चन्द्रमा कन्या राशिमा, सूर्य मिथुन राशिमा, योगः व्यतिपात, करणः भद्रा। आज गोरखकाली पूजा र वायु अष्टमी पनि हो। नेपालमा आज सूर्योदय बिहान ५ः१० बजे र सूर्यास्त साँझ ७ः०० बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कँदा नौनी घिउ चाटेर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुने विश्वास छ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनका लागि बिहान ६ बजेर ०९ मिनेटदेखि ८ बजेर ४७ मिनेटसम्मको समय शुभ मानिएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन्। स्थिर प्रयोजनमा धन लगानी गर्न सकिने समय छ। पुराना सहकर्मीसँगको भेटले मनलाई ताजा बनाउनेछ। सकारात्मक रहन प्रयास गर्नु राम्रो हुन्छ, नयाँ जिम्मेवारी वहन गर्न पाइने सम्भावना छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काम र सहयोगीबीच तालमेल राम्रो रहनेछ। नयाँ प्रविधिबाट उत्पादन बढ्न सक्छ। काममा व्यस्तता बढ्नेछ, तर आत्मविश्वास राख्दा राम्रो परिणाम पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समस्या होइन समाधानमा ध्यान दिनुपर्छ। आम्दानी बढ्ने सम्भावना छ। विदेश वा टाढाको कामबाट फाइदा मिल्न सक्छ। नयाँ ठाउँको यात्रा हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान–प्रतिष्ठा बढ्नेछ र धन लाभको अवसर मिल्न सक्छ। तर मनमा केही चिन्ता पनि आउन सक्छ, त्यसैले शान्त रहनु राम्रो हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घुमघाम र रमाइलोमा समय बित्न सक्छ। पढाइमा ध्यान दिन सके राम्रो परिणाम आउँछ। परिवार र प्रेम सम्बन्धमा समय दिनुपर्नेछ। खर्च बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बहस र रिस नियन्त्रण गर्नुपर्छ। घर र काममा गलत बुझाइ हुन सक्छ। मन अलमलिने र शंका बढ्ने सम्भावना छ, संयम आवश्यक छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको अवसर आउन सक्छ। बुद्धि र रणनीति प्रयोग गर्दा सफलता मिल्नेछ। प्रेम र सम्बन्ध राम्रो रहनेछ। भविष्यका लागि राम्रो दिन हो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्च बढ्न सक्छ तर काम अघि बढ्नेछ। मनोरञ्जनले केही ढिलाइ गराउन सक्छ। पुराना समस्या समाधान हुने सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साथीभाइसँग समय बित्न सक्छ तर परिवारलाई कम समय दिन सकिनेछ। लगनशील भए आम्दानी बढ्नेछ। भाइबहिनीका लागि खर्च गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खर्च बढे पनि मनमा तनाव हुँदैन। अध्ययन र अभिव्यक्ति राम्रो हुनेछ। लगानीका लागि राम्रो समय हो र आम्दानी बढ्ने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आत्मबल बढ्नेछ। घरायसी काम समयमै पूरा हुनेछ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। निर्णय क्षमता राम्रो रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोलीमा ध्यान दिनुपर्छ, नत्र विवाद हुन सक्छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ। व्यापारमा राम्रो लाभ हुने सम्भावना छ।
प्रकाशित समय : ०६:०१ बजे



















