global ime bank Long Banner Ad

गृहपृष्ठ श्वेतगंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

श्वेतगंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

श्वेतगंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आइपीओ बिक्री खुला गर्न लागेकाे हो ।

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आइपीओ सर्वधारणको लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु