गृहपृष्ठ आइजीपी नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
आइजीपी नियुक्ति विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
प्रहरीको महानिरीक्षक (आइजीपी)सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा दायर भएको रिटको बहस सकिए आजै फैसला आउन सक्ने सम्भावना छ ।
आज जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ । सरकारले गएको १८ वैशाखमा धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि अर्का आकांक्षी एआइजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो रिटमाथि पहिलो पटक २२ वैशाखमा सुनुवाइ भएको थियो । असार १९ मा सो रिटमाथिको बहस सकिएको छ ।
प्रकाशित समय : १४:५८ बजे



















