गृहपृष्ठ नेपाल आज नामिबियासँग भिड्दै
नेपाल आज नामिबियासँग भिड्दै
क्यानडाको प्रभावहीन तयारीपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ का लागि स्कटल्यान्ड पुगेको नेपाली क्रिकेट टोलीले आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । कमजोर तयारीका साथ स्कटल्यान्ड पुगेको नेपालले आज नामिबियाविरुद्ध नेपाली समयअनुसार दिउँसो ३:१५ बजे खेल्नेछ ।
अर्को वर्ष छिमेकी राष्ट्र भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगितामा मानिएको नेपालका लागि स्कटल्यान्ड भ्रमण महत्त्वपूर्ण छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को शीर्ष तीन टोलीले २०२३ क्रिकेट विश्वकप छनोटमा स्थान बनाउनेछ । बाँकी चार टोलीले प्लेअफबाट गुज्रिनुपर्नेछ ।
अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने २१ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । त्यस्तै, २२ खेलबाट २६ अंक जोडेको युएई तेस्रो स्थानमा छ । २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । दुई अंक जोडेको पीएनजी पुछारमा छ ।
त्यसकारण, शीर्ष तीनमा रहेर सधैँ विश्वकपमा छनोटमा स्थान बनाउन आशा कायम राख्नका लागि पनि नेपाललाई अमेरिकामा राम्रो नतिजा निकाल्नुपर्ने बाध्यता छ । स्कटल्यान्ड भ्रमणमा नेपालले नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेल्नेछ । नेपालका कप्तान सन्दीप लामिछानेले कम्तिमा तीन खेल्ने लक्ष्य रहेको बताएका छन् । तर, अमेरिकाबाट आइसीसी क्रिकेट विश्वकप लिग-२ कै त्रिदेशीय श्रृंखला खेलेर फर्किएको नेपालले क्यानडाविरुद्ध एक एकदिवसीय र त्यहाँको स्थानीय टोलीसँग एकदिवसीय र ट्वान्टी क्रिकेट खेलेर स्कटल्यान्ड गएको छ । क्यानडा विरुद्धको एक खेल वर्षाले स्थगित भएको थियो ।
नेपालले यस शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । अमेरिकामा १५ सदस्यीय टोली गएको थियो । क्यानडामा १४ सदस्यीय टोली छ । अमेरिका भ्रमणमा रहेका सुशन भारी, सागर ढकाल र सुनील धमला अहिलेको टोलीमा छैनन् । उनीहरूका स्थानमा पवन सर्राफ र वासिर अहमदलाई टोलीमा समावेश गरिएको छ । पवनले पुनरागमन गरेका छन् भने वासिरले पहिलोपटक टिममा स्थान बनाएका छन् ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो, पवन सर्राफ र वासिर अहमद ।
प्रकाशित समय : १४:४५ बजे



















