global ime bank Long Banner Ad

गृहपृष्ठ बेकोको नयाँ इन्भटर एयर कन्डिसनर नेपाली बजारमा

बेकोको नयाँ इन्भटर एयर कन्डिसनर नेपाली बजारमा

बेकोको नयाँ इन्भटर एयर कन्डिसनर नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खपत गर्ने इन्भटर एयर कन्डिसनर नेपालमा सार्वजनिक गरेको छ ।

जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एयर कन्डिसनरमा गोक्लिन, जोनफलो, गोल्डगार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरू रहेको जनाइएको छ । यसको गोक्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोरहरू आफैँ पखाल्छ ।

जसले गर्दा एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन । गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यसको गोल्डगार्ड फिचर्सले एयर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा विशेष सेन्सर हुन्छ । जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ ।

कम्पनीका अनुसार यो एयर कन्डिसनर नेपाली बजारमा एक टन, १.५ टन र दुई टनमा उपलब्ध छ । यसमा १० वर्षको वारेन्टी छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु