global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक विधेयक २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक विधेयक २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक विधेयक २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगञ्ज । आर्थिक विधेयक २०८३ मा भएका व्यवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र बास नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नयाँ आर्थिक ऐन तथा विधेयकमा समावेश व्यवस्थाहरू, करको दायरा, कर छुटलगायतका विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्ण न्यौपानेले करदातामैत्री कर प्रशासन र व्यवहारका लागि कार्यालयले विभिन्न पक्षसँग सहकार्य गर्दै आएको बताए।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर अधिकृत उदयराम केसीले नयाँ आर्थिक ऐन तथा विधेयकमा भएका व्यवस्था, करको दायरा र कर छुटसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए। ती प्रश्नहरूको जवाफ कर अधिकृत उदयराम केसीले दिएका थिए।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु